बिहिबार, फाल्गुन २०, २०७७

कोरोना भाइरसका ९६ सङ्क्रमित थपिए

६ फाल्गुन २०७७, बिहीबार १९:३३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५४१ जनाको नमूना परीक्षण गरिएकोमा ९६ जनामा सङ्क्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९६ सङ्क्रमित पुष्टि भएकोमा १११ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल एक हजार ६०३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका सङ्क्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । साे संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share