प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा मौन जुलुस
२४ माघ २०७७, शनिबार १६:५३सुर्खेत । नेपाली कांग्रेसनिकट शुभेच्छुक संस्थाले आज सुर्खेत सहित देशभर विरोध प्रदर्शन गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध शुभेच्छुक संस्थाले प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरुभएको मौन जुलुस सहितकाे सांकेतिक विरोध प्रदर्शन वीन्द्रनगर बजार परिक्रम गरि पिपलचौतारीमा पुगेर सभामा परिणत भएको हो। प्रदर्शनमा सहभागी सबैले मास्क र सामाजिक दूरी कायम गरेर सरकार बिरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन्।
विरोध सभामा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी सहितका भातृ तथा शुभेच्छुक संस्थाका नेताहरुको सहभागीता रहेको थियो।
कार्यक्रमलाई समापन गर्दै ट्रेड युनियन सुर्खेतका अध्यक्ष गणेशकुमार कार्कीले सरकार प्रतिगमन तिर अगाडी बढेको भन्दै शुभेच्छुक संस्थाहरु पनि सडकमा आउनु परेको बताउनु भयो । उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा उनीहरुको संरक्षणमा लागेको आरोप लगाउनुभयो ।