कोरोना भाइरसका ४१२ सङ्क्रमित थपिए
२३ पुष २०७७, बिहीबार २०:१०काठमाडौं । नेपालमा कोरोना भाइरसका ४१२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार १३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले हालसम्म दुईलाख ६३ ह्जार ६०५ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ४८३ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५६ हजार ६४४ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९०३ पुगेको छ ।