मङ्लबार, कार्तिक ११, २०७७

कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिए

१ आश्विन २०७७, बिहीबार २२:३२
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९ पुगेको छ ।

चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share