बुधबार, अशोज ७, २०७७

हवाई उडान तथा लामाे दूरीका बस असाेज १ बाट

३० भाद्र २०७७, मंगलवार २१:२३
खबरइरा संवाददाता

काठमाडौं । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । आन्तरिक हवाई उडान सञ्चालन गर्दा र लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रवत्ता ज्ञवालीले बताउनुभयो ।

स्वास्थ्य मापदण्ड तोक्दा सिटमा कम यात्रु हुने भएकाले ५० प्रतिशतसम्म भाडादर बढाउन पाउने अनुमति सरकारले दिएको छ ।

त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई तोक्ने निर्णय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share