बुधबार, अशोज ७, २०७७

देशभरमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिए

३० भाद्र २०७७, मंगलवार २०:५३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् । पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ ।

११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share