बुधबार, अशोज ७, २०७७

नेपालमा काेराेना सङ्क्रमितकाे संख्या ५५ हजार ३२९ पुग्याे

२९ भाद्र २०७७, सोमबार २०:००
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १७०जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५५ हजार ३२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितहरू १५ हजार ३९३ रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३९९ महिला र ७७१ पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा सङ्क्रमण देखिएको हो ।

१५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३६० पुगेको छ ।

सात जिल्ला संक्रमण शून्य

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका सात जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौ, चितवन, भक्तपुर र रुपन्देही छन् । सङ्क्रमति शुन्य रहेकामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share