सोमवार, असार २२, २०७७

सुर्खेतमा थप १२ जनालाई काेराेना संक्रमण

१३ जेष्ठ २०७७, मंगलवार ०९:१४
177 Shares

सुर्खेत । कर्णाली प्रदेशमा भारतबाट आउने संख्या बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । सुर्खेतमा पछिल्लाे विवरण अनुसार थप १२ जनालाई काेराेना संक्रमण देखिएकाे छ । याे सँगै कर्णाली प्रदेशकाे सुर्खेत र दैलेखमा गरी २३ जना काेराेनाबाट संक्रमित हुन पुगेका छन् ।

भारतबाट आएकाहरुको प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा गरिएकाे पिसिआर परीक्षणबाट थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । सामाजिक मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रवक्ता डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार सेनाको क्वारेन्टाइन सब्बाकुना र बबईबाट सकलन गरिएका १२ जनाको स्वाव परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको हाे ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रवक्ता डाक्टर तिवारीका अनुसार संक्रमित हुनेहरुमा सुर्खेतकाे वीरेन्द्रनगर १ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर २ का ९, २०, ३२, ३६ वर्षीय पुरुष र ३२ वर्षीय महिला, वीरेन्द्रनगर ३ का ४६ वर्षीय पुरुषा, वीरेन्द्ननगर ६ का २६ वर्षीय पुरुष, भेरीगंगा नगरपालिका ८ का १६ र १७ वर्षीय पुरुष र सीम्ता गाउँपालिका ४ का ३५ र ४९ वर्षीय पुरुष रहेकाे छन् ।

कर्णाली प्रदेशका सक्रमितहरु मध्ये सात जना दैलेख अस्पतालको आइसोेलेसनमा रहेका छन् भने १६ जनालाई प्रदेश अस्पतालमा उपचार भइरहेको छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
177 Shares
Tweet
Pin
Share