सोमवार, मंसिर ८, २०७७

सुर्खेतमा तीन जनालाई कोरोना सङ्क्रमण

१० जेष्ठ २०७७, शनिबार १६:२४
13 Shares

सुर्खेत । सुर्खेतमा तीन जनालाई कोरोना सङ्क्रमण देखिएकाे छ । गत बिहीबार भारतबाट आएकामध्ये सुर्खेतका तीन जनामा शनिबार कोरोना पोजेटिभ देखिएकाे हो ।

गत विहीवार भारतबाट आएका ७९० जनालाई सुर्खेतको सीमानाका बबईमा आरडिटी परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार पोजेटिभ देखिएका उनीहरुलाई वीरेन्द्रनगरस्थित क्वारेन्टिनमा राखिएको थियो ।

शुक्रबार प्रदेश अस्पतालमा पिसिआर परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको र पुनः परीक्षणकालागि नेपालगन्ज पठाउँदा त्यहाँपनि पोजिटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताउनुभयो । उहाँका अनुसार पोजेटिभ देखिएका सुर्खेतका तीन जनामध्ये बराहताल गाउँपालिकाका दुई जना र चौकुने गाउँपालिकाका एक जना रहेका छन् ।

पोजेटिभ देखिएका तीनै जनालाई प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारमा चिकित्सकहरुको निगरानीमा राखिएको र अवस्था सामान्य रहेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

यसअघि कोरोना पोजेटिभ देखिएका दैलेखको आठवीस नगरपालिकाका एक युवालाई पनि सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ । यो सहित कर्णालीमा कोरोना पोजेटिभको संख्या चार पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
13 Shares
Tweet
Pin
Share