बिहिबार, मंसिर ११, २०७७

कर्णाली प्रदेश अस्पताललाई ७० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री

९ जेष्ठ २०७७, शुक्रबार १४:४५
11 Shares

सुर्खेत । जाजरकोटका पूर्व सांसद राजीवविक्रम शाहले कर्णाली प्रदेश अस्पताललाई ७० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । शुक्रबार प्रदेश अस्पतालमा पूर्व सांसद शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोहबरमा प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. डम्बर खड्कालाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

पूर्व सांसद शाहले पाँच वटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायतका अत्यावश्यकीय सामग्री प्रदान गरिएको बताउनुभयो । उहाँले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताललाई ७० लाखको सामग्री र अन्य जिल्लाका नौ वटा अस्पतालका लागि करिव ३० लाख बराबरको सामग्री दिइएको उल्लेख गर्नुभयो । कर्णाली प्रदेश अस्पताललाई पूर्वाधारयुक्त बनाउने उद्देश्यका साथ स्व. प्रभाकर शमशेर राणाकी छोरी माया राणाले स्थापना गरेको कुमारी ट्रष्टबाट सहयोग गरिएको ट्रष्टका अध्यक्षसमेत रहेका शाहले बताउनुभयो ।

प्रदेश अस्पतालका प्रमुख मेसु डा. डम्बर खड्काले अस्पतालमा २५ वटा आईसीयु राख्ने लक्ष्यका साथ अहिले १० वटा तयार भएको जानकारी दिनुभयो । पूर्व सांसद शाहले प्रदान गरेको पाँच वटा आईसीयु कोरोना अस्पतालका लागि प्रयोग गरिएको उहाँको भनाइ छ । साथै सहयोगी दाताले गरेको सहयोगप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्व सांसद शाहले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँकाे सहयोगले कोरोना रोकथाम र उपचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा सावधानी अपनाउँदा अपनाउँदै संक्रमण देखिएपनि फैलन नदिन प्रदेश सरकार युद्धस्तरमा काम गरेको जानकारी दिनुभयो । कोरोना सर्च अभियान थालेर पहिचान गर्न लागिएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहीले भारतमा कर्णाली प्रदेशका मात्रै करिव ८० हजार रहेको र अहिले २० हजार फर्कन सक्ने भएकोले उनीहरुलाई कर्णालीका सीमा नाकामा कोरोना परीक्षण गरेर सम्बन्धित जिल्ला तथा स्थानीय स्तरका क्वारेन्टाइनमा राख्न भनिएको बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
11 Shares
Tweet
Pin
Share