सोमवार, जेष्ठ १९, २०७७

थप ३० जनामा काेराेना संक्रमण

९ जेष्ठ २०७७, शुक्रबार ०९:५५

काठमाडौँ । पछिल्लाे अध्यावधिक विवरण अनुसार थप ३० जनामा कोभिड-१९ का पुष्टि भएकाे छ । पछिल्लाे विवरणसँगै काेराेना संक्रमितकाे संख्या ४८७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि हुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) काे विनय त्रिवेणी गाउँपालिका-६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा शुक्रबार विहान जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी नवलपरासीकाे सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ का ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीय महिला, कपिलवस्तुकाे बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरू र ८ वर्षीय बालिका, सर्लाहीकाे गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८,३९ वर्षीय पुरुषहरू र १८ वर्षीय महिला रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीले बताउनु भएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share