सोमवार, जेष्ठ १९, २०७७

मुगुमा ३९ जनाको पिसिआर रिर्पोट नेगेटिभ

९ जेष्ठ २०७७, शुक्रबार ०८:५४

मुगु । मुगु जिल्लाबाट परीक्षण्का लागि पठाईएका स्वावहरु मध्ये ३९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका चार वटै स्थानीय तहमा संकलन गरिएका ३४७ स्वाव मध्ये परीक्षण गरिएका खत्याड गाउँपालिकाका ३९ स्वावको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।

परीक्षण हुन बाँकी रहेका ३११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाले जानकारी दिएको र मंगलबार आरडिटी परीक्षणमा पोजेटिभ रिर्पोेट आएकी खत्याड गाउँपालिका वडा नं ३ की १८ बर्षीय युवतीको स्वाव पिसिआर परीक्षणमा नेगेटिभ रिर्पोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।

पछिल्लो समय जिल्लामा देश भित्रका विभिन्न ठाउँ र भारत तथा तेस्रो मुलकहरुमा अध्ययन, रोजगारी, औषधी उपचार गर्न गएका जिल्लाबासी उद्दार गरि तथा लुकीछिपी जिल्लामा भित्रने क्रम बढेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका विभिन्न स्थानमा स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरेका थिए ।

संकलित मध्ये १५२ जनाको स्वाव मंगलबार हेलिकप्टर मार्फत र बाँकी १९५ जनाको स्वाव बुधबार स्थलमार्गबाट शिक्षण अस्पताल जुम्ला पठाइएको थियो ।

स्थानीय तहका केन्द्रमा बन्दाबन्दीको पालना भएपनि ग्रामीण क्षेत्र तिर त्यसको प्रभाव कमै भएको र स्थानीय सामान्य अवस्थामा झै जमघट हुने, मेलापर्व मनाउने, धार्मिक क्रियाकलापमा सहभागी हुने जस्ता कार्य गरिरहेकाले कोरोना भाइरस कसैमा भएमा फैलने सम्भावना रहेकाले सरकारले आरडिटी भन्दा पिसिआर परीक्षणको दायरा बढाउदै लिनु पर्ने देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share