सोमवार, जेष्ठ १९, २०७७

काेराेना संक्रमितकाे संख्या ४५७ पुग्याे

८ जेष्ठ २०७७, बिहीबार २१:५१

काठमाडौँ । पछिल्लाे अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरूको संख्या ४५७ पुगेको छ । भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार काेराेना संक्रमण नयाँ पुष्टि हुनेमा बाँकेकाे नरैनापुर-३ का ३२ वर्षीय पुरुष, खजुरा-३ की ४२ बर्षीय महिला र कपिलवस्तुकाे सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कोभिड –१९ को संक्रमण दाङका एक जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको बताउनुभयो । संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share