सोमवार, जेष्ठ १९, २०७७

गढी पदमार्ग निर्माणको काम सुरु

७ जेष्ठ २०७७, बुधबार १२:२४

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ४ को खोर्केदेखि वीरेन्द्रनगर १४ गढीसम्मको पुरानो सडकलाई पदमार्ग नामाकरण गरी निर्माणको काम थालिएको छ । वडा नम्बार ४ का वडा सदस्य कृष्णप्रसाद गौतम, पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंह, सचिव अमरबहादुर कार्कीलगायतको उपस्थितिमा पदमार्गको शिलान्यास गरी काम थालिएको हो ।

कर्णाली प्रदेश सरकारको करिव ८५ लाखको लागतमा निर्माण थालिएको सो पदमार्गको पहिलो चरणमा करिव ८०० मिटर तयार पारिनेछ । पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंहले प्रदेश सरकारले करिव ६८ लाख र बाँकी करिव १७ लाख स्थानीयले जनश्रमदान गरिने बताए । वीरेन्द्रनगर ४ खोर्केको निर्माणाधीन शहीद पार्क स्थलदेखि गढीसम्मको कूल चार किलोमीटर उक्त पैदलमार्ग पहिलो चरणमा झण्डै ८०० मिटर तयार हुने भएकाे छ ।

निर्माण समितिका सचिव अमरबहादुर कार्कीले पदमार्गको काम डिभिजन वन कार्यालयमार्फत हुने जानकारी दिनुभयाे । गढीदेखि वीरेन्द्रनगर बजार आउने छोटो र पुरानो सडकलाई पदमार्ग बनाउन लागिएको उहाँको भनाइ छ । वडा नम्बर ४ का सदस्य कृष्णप्रसाद गौतमले पदमार्गले पर्यटकीय चहलपहलका साथै वडा नम्बर ४ र १४ को आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई पनि जोड्ने बताउनुभयाे । निर्माणको काममा सुरक्षा सावधानीपनि अपनाइएको छ । सामाजिक दुरी कायम गरेर मजदुरहरुले पदमार्गको काम थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share