सोमवार, जेष्ठ १९, २०७७

नगरवासीलाई नगरपालिकाको राहत

५ जेष्ठ २०७७, सोमबार १३:०६

मुगु । कोरोनाको कारणले लामो समयको लगडाउनले जनतालाई समस्या परिरहेको बेलामा मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकाले नगरबासीलाई राहत वितरण गरेको छ ।

जिल्ला सदरमुकाम गमगढी समेत गरी ८६ वटा बस्ती रहेको नगरपालिका भित्रका १ देखि १४ वडा सम्मका सबै बस्तीहरुमा १ प्याक चामल, १ पाकेट खाने तेल, २ पाकेट नुन, १ पाकेट बेसार लगायतका राहत सामग्री वितरण गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले बताउनुभयो ।

देश लगडाउनको समयमा थोरै भएपनि जनताले राहत पाउन भनेर खाद्य सामग्री बितरण गरिएको नगर प्रमुख शाहीले बताउनुभयो । नगरपालिकाका अनुसार कुल ४ हजार ७ सय २१ घरधुरीले खाद्यान्न सामग्री पाएका छन् ।

नगर प्रमुख, उपप्र्रमुख जनताको घरदैलोमा गई राहत वितरण गरेपछि स्थानीय खुशी भएका छन् । राहत वितरणमा करिब ८६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । बन्दाबन्दीको समयमा दैनिक मजदुरी गरी खाने अति विपन्न, अपाङ्ग, असाय वर्गलाई निःशुल्क खाद्यान्न उपलब्ध हुनाले ठुलो राहत मिलेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
8 Shares
Tweet
Pin
Share