गजल
१० बैशाख २०७७, बुधबार १७:५४
यहीँ माटोमा सुन फल्छ,कमाउन आऊ अब।
बाउ बाजेको हलो जुवा समाउन आऊ अब।।
छोराछोरीले बाबालाई नै बिर्सने भइ सके।
सन्तान सँगै साथसाथै रमाउन आऊ अब।।
आमाको काख दिए बाबाको छहारी देऊ।
बचेरालाई खुसी आफै थमाउन आऊ अब।।
गरौंला नि खेतीपाती, पालौला नि गाई भैंसी।
आफ्नै कृषि व्यवसाय जमाउन आऊ अब।।
तिमी मेरो गहना हौं, सुन चादी होइन सानु ।
भित्राएर खुसी पिडा अन्माउन आऊ अब।।
रज्जु बिडारी “काली”
धार्के,धादिङ ।
गजल समसामयिक भएकाले रज्जु बिडारी “काली” काे फेसबुकवालबाट साभार गरिएकाे हाे ।
🌹गजल—यहीँ माटोमा सुन फल्छ,कमाउन अाऊ अब।बाउ बाजेको हलो जुवा समाउन अाऊ अब।।छोराछोरीले बाबालाई नै बिर्सने भइ…
Posted by रज्जु बिडारी रेग्मी on Wednesday, 22 April 2020