मङ्लबार, जेष्ठ १३, २०७७

प्रदेश विपद् व्यवस्थापन कोषमा बौद्ध ग्रामीणको २५ लाख सहयोग

२६ चैत्र २०७६, बुधबार १६:०२

सुर्खेत । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना विरुद्धकाे अभियानमा २५ लाख रुपैयाँ सहयाेग गरेको छ । कर्णाली प्रदेश सरकारवाट कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहकारी संस्थाले सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख विशाल केसी ले बताउनु भयो ।

कर्णाली प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको समुपस्थितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई संस्थाका उपाध्यक्ष सिंह बहादुर गुरुङ्ग, सचिव पासाङ्ग महतरा र कार्यकारी प्रमुख विशाल के सीले सो रकम हस्तान्तरण गर्नु भएको हो ।

सहकारी संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएकोे छ ।

Chat Conversation End
Type a message…

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe