बुधबार, जेष्ठ १४, २०७७

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

२५ चैत्र २०७६, मंगलवार ०८:३८

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड १९ को परीक्षण गरिएको बताउनुभयो । “स्वाब सङ्कलनका लागि पहाडी र हिमाली जिल्लामा दुई टोली खटाइएको छ, जिल्लाकै ल्याब प्राविधिकलाई यससम्बन्धी तालिम पनि दिने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “हाल भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब सङ्कलनमा प्राथमिकता दिएका छौं ।” रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe