मङ्लबार, जेष्ठ १३, २०७७

प्रदेश नं २ को कोषमा काँग्रेसको ४० लाख ७५ हजार सहयोग

२४ चैत्र २०७६, सोमबार १८:३८

वीरगञ्ज । पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाली काँग्रेसले रु ४० लाख ७५ हजार सहयोग गरेको छ ।

नेपाली काँग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरी सहयोग गर्नुभएको हो । नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताउनुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशङ्कर यादव लगायतको उपस्थिति थियो । मुख्यमन्त्री राउतले चेक बुझ्दै नेपाली काँग्रेसले कोषमा गरेको सहयोगको प्रशंसा गर्नुहुँदै सबैबाट अहिलेको जटिल परिस्थितिमा यस्तै साथ र सहयोगको आशा गरिएको बताउनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe