सोमवार, जेष्ठ १९, २०७७

कोरोना भाइरस विरूद्धकाे अभियानमा एकजुट हाैँ : नगर प्रमुख सुवेदी

२४ चैत्र २०७६, सोमबार १७:५५

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख देवकुमार सुवेदीले विश्वभरी महामारीको रुपमा फैलिएको काेभिड १९ काे संक्रमणाकाे सम्वेदनशील घडीमा वीरेन्द्रनगरवासीले पुन: एकपटक संयमताकासाथ कोरोना भाइरस विरूद्धको अभियानमा एकजुट भइ लाग्न आव्हान गर्नुभएकाे छ । काेराना भाइरसकाे संक्रमणबाट नगरबासीलाई जोगाउन वीरेन्द्रनगर नगरपालिकाले कुनै कसर बाँकी नराखी सबै पक्षसँग समन्वय गर्दै आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको समेत बताउनु भएकाे छ ।

नगर प्रमुख सुवेदीले साेमबार एक अपिल जारी गर्दै संकटको घडीमा नगरवासीसँग प्रत्यक्ष रूपमा सहभागी हुन नसकेपनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं सुरक्षा निकायसँग सम्पर्क समन्वयमा रहेको व्यहोरा जानकारी गराउदै सबै क्षेत्रबाट कोरोना विरुद्धको अभियानमा सहयोगको अपेक्षा गरेकाे उल्लेख गर्नु भएकाे छ ।

नगर प्रमुख सुवेदीले काेराेना भाइरसकाे संक्रमणलाई रोक्नका लागि सामाजिक दुरी कायम गरि सरसफाइ सहित घरमा बस्नु नै उत्तम विकल्प भएकाे हुनाले नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनलाई सबैले पालना गर्न समेत अपिल गर्नु भएकाे छ । उहाँले यो अभियानलाई साथ एवं सहयोग दिनुहुने आम नगरवासी आमाबुवा, दाजुभाई, दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गर्न गर्दै संकटको यस घडीमा अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, सन्चारकर्मी एव्ं निजी तथा सामुदायिक क्षेत्रको सहयोग र सहकार्य प्रति उच्च सम्मान प्रकट गर्दै यस विषम परिस्थितिमा आफु नगरवासीसँग प्रत्यक्ष सहभागी हुन नसकेपनि मानसिक रूपमा एवं प्रविधिको हिसाबले सँगै रहिरहेको समेत जानकारी गरानु भएकाे छ ।

नगर प्रमुख सुवेदीले महामारी विरुद्धको अभियानमा सबै पक्षको एकताबद्ध प्रयास एवं सहयोगको अपेक्षा राखेकाे अपिलमा उल्लेख गर्नु भएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share