मङ्लबार, जेष्ठ १३, २०७७

छायाँनाथ साकोसको २ लाख सहयोग

२३ चैत्र २०७६, आईतवार १६:१८

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढीमा प्रधान कार्यालय रहेको छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाले कोरानाको विपत्तीमा परेका गरिव, श्रमिकहरुको सयोगार्थ स्थानीय तहहरुलाई नगद रुपैयाँ सहयोग गरेको छ ।

सहकारीले विपन्न समुदायलाई खाद्यान्न लगायत अन्य आवश्यकीय सामग्री सहयोगका लागि मुगु जिल्लाका चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिकाको विपत कोषमा ५० हजारका दरले २ लाख रुपैया सहयोग गरेको हो ।

कोरोनाको कारण आक्रान्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न मुगु जिल्लाका ४ वटै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्ने निर्णय अनुसार आइतबार स्थानीय तहहरुका विपद कोषमा रकम जम्मा गरिएको सहकारीका उपाध्यक्ष कमलबहादुर बुढाले जानकारी गराउनुभयो ।

राज्यले लकडाउन घोषणा गरेकाले हुलहुज्जत गरेर समुदायमा भिडभाड गर्नु भन्दा सरकारी एक प्रणाली मार्फत स्थानीय सरकारकोले अपनत्व ग्रहण गरोस् र संघीयतामा स्थानीय सरकारको महत्व सर्वसाधारणहरुले बुझ्न सकुन भनेर सहकारीले आफै जनता माझ नगएर स्थानीय सरकार मार्फत सहयोग गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनुभयो ।

एक व्यक्ति र एक सस्थाले आ–आफ्नै ढंगले सहयोग गर्दा जनतालाई हात्तीको मुखमा जिरा हाले जस्तै राहत उपलब्ध हुन्छ, त्यसैले राज्यले तयार गरेको संयन्त्र मार्फत जाँदा सबैको थोरै थोरै सहयोग जम्मा भएर समुदायमा राज्यले ठुलो सहयोग गर्न सहज हुने गर्छ त्यसैले राज्यका संयन्त्रलाई मजबुद र विश्वासिलो बनाउन एकद्वार प्रणालीबाट आफुहरुले सहयोग गरेको पनि अध्यक्ष मल्लले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe