मङ्लबार, जेष्ठ १३, २०७७

कोरोना भाइरस परीक्षण कार्यलाई व्यापक गरौँः कांग्रेस नेता थानी

२२ चैत्र २०७६, शनिबार २०:५६

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता हृदयराम थानीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण विदेश र सीमा क्षेत्रमा रहनु भएका नेपाली जनताको उद्धार र सुरक्षा प्रदान गर्न सरकारसँग जोडदार माग गर्नु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य थानीले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञप्ती जारी गर्दै संकटको घडीमा अप्ठ्यारामा पर्नुभएका नेपाली नागरिकको उद्धार गर्नु सरकारको दायित्व भएको समेत उल्लेख गर्नु भएको छ ।

कांग्रेस नेता थानीले भारतबाट आउनु भएका नेपाली नागरिकमा समेत कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा सरकारले कोरोना भाइरस परीक्षणको कार्यलाई अझ व्यापक बनाउन समेत आग्रह गर्नु भएको छ ।

कांग्रेस नेता थानीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई उपलब्ध गराइने राहत न्यायपूर्ण र व्यवस्थित बनाउन समेत आग्रह गर्नु भएको छ ।

जोखिम सामना गर्न र कोरोना भाइरसबाट बच्न घरभित्रै बस्नुको अरु कुनै विकल्प नभएको बताउँदै नेता थानीले लकडाउनलाई अनुशासित रुपमा पालना गर्दै निश्चित दुरी समेत कायम गरी जो जहाँ छौं, त्यही सुरक्षित बस्न सबैमा अपिल समेत गर्नु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe