सोमवार, जेष्ठ १२, २०७७

कर्णालीमा क्वारेन्टाइन कक्ष बनाउन शुरु

९ चैत्र २०७६, आईतवार १७:०२

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकालागि वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरिसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री नरेश भण्डारीले प्रदेश सरकारको आग्रहमा नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले खुलामञ्चमा ४०० क्वारेन्टाइन निर्माण कक्षको काम आइतबारबाट शुरु गरेको बताउनुभयो ।

प्रदेश सरकारले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । रेडियो नेपाल प्राविधिक रुपमा उपयुक्त नभएपछि खुलामञ्चमा ४०० शैया र विश्वविद्यालयमा ६०० शैया बेडको क्वारेन्टाइन कक्ष निर्माण गरिने निर्णय गरिएको कानूनमन्त्री भण्डारीले बताउनुभयो ।

प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो । भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपाली फर्कने क्रम बढ्दो छ । घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकामा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe