schedule शनिबार, चैत्र १५, २०७६

बसमा स्टिक टाँसेर पर्यटकीय क्षेत्रको प्रचार

१५ फाल्गुन २०७६, बिहीबार १७:४७

Sharing is caring!

सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गर्न कर्णाली प्रदेश सरकार र सुर्खेत काँक्रेविहार यातायात प्रालिवीच सहकार्य भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० र यसपाली घुमौं कर्णालीलाई सार्थक बनाउनका लागि सुर्खेत काँक्रेविहार यातायात प्रालिले आफ्ना सम्पूर्ण बसहरुमा पर्यटन प्रवद्र्धन अंकित लोगोहरु टाँसेर पर्यटन प्रवद्र्धनको सुरुवात गरेको छ ।

विहीवार कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य, प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले प्रालिका बसहरुमा पर्यटन प्रवद्र्धनको लोगोहरु टाँसेका छन् ।

सचिव डा. आचार्यले संघीय तथा प्रदेश सरकारको पर्यटन प्रवद्र्धनको अभियानमा निजी क्षेत्रको सहकार्य भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएपनि पूर्वाधारको अभावले प्रवद्र्धन गर्न कठिनाइ भएको बताउनुभयो । पर्यटनको प्रवद्र्धनका लागि निजी क्षेत्रले बजारीकरण, पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले यातायातका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने भएकोले प्रालिले त्यसको सुरुवात गरेको बताउनुभयो । उहाँले प्रालिमा आवद्ध करिव ३० वटा बसमा कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रहरुको चित्र तथा लोगोहरु टाँसेर प्रचारप्रसारमा सघाउने जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धन गर्नु सवैको दायित्व भएको भन्दै अन्य क्षेत्रलाई पनि सरकारको अभियानमा सहयोग गर्न आव्हान गर्नुभयो ।

यसैवीच प्रालिले शुक्रवारदेखि काटिने प्रत्येक टिकटबाट २ रुपियाँ सामाजिक कोषका लागि छुट्याउने निर्णय गरेको छ । अध्यक्ष सापकोटाले प्रालिमा आवद्ध बसबाट यात्रा गर्ने यात्रुले काट्ने टिकटबाट २ रुपियाँ सामाजिक कोषका लागि छुट्याउने र सो रकम विशुद्ध सामाजिक काममा खर्च गरिने जानकारी दिनुभयो । यसैगरी प्रालिले यात्रुहरुको लगेजको सुरक्षाका लागि लगेजमा नम्बरसहितको स्टिक टाँस्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares