schedule शनिबार, चैत्र १५, २०७६

कर्णाली जनताकाे भावनालाई सम्बोधन गरेर बजेट ल्याईने छ – प्रचण्ड

७ फाल्गुन २०७६, बुधबार १६:४९

Sharing is caring!

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बजेट बनाउँदा संघीय सरकारले कर्णालीका जनताकाे भावनालाई सम्बोधन गर्ने गरि ध्यान दिने बताउनु भएको छ ।  बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार घेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको भौगोलिक विकटतालाई हेरेर अब ल्याईने सरकारको नीति तथा कार्यक्रम र बजेटमा विशेष ध्यान केन्द्रित गरिने बताउनुभयो ।

उहाँले भौगोलिक विकटता रहेको कर्णाली प्रदेशलाई उत्तरी छिमेकी चीननसंग जोड्न हिल्सा सुर्खेत-सडक समयमै सम्पन्न गर्ने जनाउनुभयो । चीन सरकारले हिल्सा सुर्खेत सडकलाई महत्वकासाथ लिएकाले समयमै सम्पन्न हुने उहाँको भनाई छ । उहाँले विमानस्थल सुदृढ गर्ने, भेरी कोरिडोर बनाउने, ठुला हाईड्रो प्रोजेक्टबारे संघिय, प्रदेश र स्थानीय सरकारले सोच्नु पर्नेबेला आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी यस विषयमा छलफल गर्छाै‌ । कर्णाली प्रदेशका आम जनसमुदायलाई हामी यो विश्वास दिलाउन चाहान्छौं । संघीय सरकारले अब बजेट बनाउदा विषेश ध्यान दिने कुरा गरेका छौं ।  ।’

पार्टी एकता भएपछि पार्टी सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियानको कर्णाली प्रदेश भेलामा सहभागी हुनुभएका अध्यक्ष दाहालले केन्द्रीय सरकारले भेरी करिडोर आयोजनालाईपनि समयमा पुरा गरे कर्णाली प्रदेशको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा कर्मचारी अभावलाई पुरा गर्न छिटो भन्दा छिटो केन्द्रीय सरकारले निजामति कर्मचारी ऐन ल्याउने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले संघीय कर्मचारी ऐन नल्याउदा प्रदेश सरकारले कुन तहका कति कर्मचारी नियुक्त गर्ने भन्ने एकिन नभएकाले समस्या भएको बताउनुभयो । कर्णाली प्रदेशको विकासलाई ध्यान दिएर प्याकेजमै बजेट बनाइनु पर्ने उहाँले बताउनुभयो । अध्यक्ष दाहालले प्रदेश सरकार तथा पार्टीवीच देखिएका जटिलताबारेमा भेलामा छलफल भएको बताउनुभयो । पार्टी, सरकार तथा प्रदेश सभावीच भएका जटिलतालाई अन्त्य गर्न पार्टी तथा आफु गम्भिर भएको उहाँको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares