मङ्लबार, अशोज ६, २०७७

वीरेन्द्रनगरमा मोटिभेस्नल सेमिनार हुँदै

२ फाल्गुन २०७६, शुक्रबार १७:३८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मोटिभेस्नल सेमिनार हुने भएको छ । शनिबार हुने मोटिभेस्नल सेमिनारको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

एस.एच.एल.डि.सि को आयोजना र ट्रष्ट एजुकेशनको सहआयोजनामा संचालन हुन लागेको सेमिनारको सबै तयारी पुरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । सेमिनारमा पब्लीक स्पीकर सिजन २ का विजेता रमेश प्रसाईंले उत्प्रेरणाका लागि कक्षा संचालन गर्नुहुने भएको छ । प्रसाईंले उत्प्रेरणा अन्तरक्रिया कार्यक्रममा अनुभव आदान प्रदान गर्ने अवसरको रुपमा लिनु पर्ने बताउनुभयो ।

उपेक्षीत भनिएको कर्णाली प्रदेशका युवाहरुमा यो सेमिनारले केही गर्नकालागि प्रेरणा प्राप्त हुनेमा आफु विश्वस्त रहेको सहआयोजक संस्था ट्रष्ट एजुकेशन सेन्टरका संचालक हरि कंडेलले बताउनुभयो ।

आयोजक संस्थाका राम वि सामले करिव ३ घण्टाको सेमिनार शनिबार संचालन गरिने र त्यसमा सहभागिता जनाउनका लागि तीनसय सहयोग शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share