शुक्रबार, अशोज ९, २०७७

सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल

३ माघ २०७६, शुक्रबार १३:५३

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताउनुभयो । मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो ।

मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताउनुभयो । वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share