शुक्रबार, असार १९, २०७७

माघी पर्वमा कर्णालीमा सार्वजनिक विदा

२९ पुष २०७६, मंगलवार १६:५९
14 Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले माघी पर्वको अवसरमा विदा दिइएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा विदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक विदा हुनेगरी सूचना प्रकाशन गरिएको प्रवक्ता खड्काले जनाउनु भयाे ।

मन्त्रिपरिषद बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति, साउन १ गते साउने सङ्क्रान्ति र देउडा पर्व तथा भोट ल्होेसार र बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
14 Shares
Tweet
Pin
Share