बिहिबार, असार २५, २०७७

सञ्चार सम्पर्क नहुँदा उपचार अभावमा सुत्केरीको मृत्यु

२३ पुष २०७६, बुधबार १९:२३
37 Shares

मुगु । समय मै स्वास्थ्य सस्था र एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा उपचार अभावमा मुगुकी एक महिलाको मृत्यु भएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० जिउला गाउँकी ३५ बर्षीया धनरुपा विक बुधबार विहान ३ बजे सुत्केरी भएपनि अत्याधिक रक्तश्राप भएपछि थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न खोेज्दा समय मै सम्पर्क नभएपछि बाटो मै विहन १० बजे मृत्यु भएको हो ।

घर मै सुत्केरी भएपनि सालनाल नभएको र अत्याधिक रक्तश्राप भएपछि छिटो मुगु जिल्ला अस्पतालमा पुर्याउन नगरपालिका र जिल्ला अस्पातालका एम्बुलेन्सलाई खबर गर्न खोजेपनि मोवाइलका टावर नहुँदा रक्तश्रापबाट छटपटाई रहेकी आफ्नी श्रीमतीलाई बोकेरै अस्पतालमा लिदै गर्दा विच बाटो मै मृत्यु भएको श्रीमान् राम बहादुर विकले बताउनु भयो ।

आमाको बाटैमा मृत्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ । आमाको मृत्यु पछि बच्चालाई कसरी बचाउने भन्ने चिन्ता रहेको आफन्तहरुले बताएका छन् ।

सरकारले जोखिममा रहेका आमा तथा बालबालिकाको समय मै उद्धार गरि उपचार गर्न राष्ट्रपति महिला तथा जेष्ठ नागरिक उत्थान कार्यक्रम शुरु गरेको भएपनि जिल्लामा सञ्चार सुविधा नहुँदा सम्पर्कको अभावमा महिलाको मृत्यु हुन गएको छ । मृतक विकको गाउँबाट जिल्ला अस्पताल मुगु ३ घण्टाको पैदल दुरीमा टाढा रहेको छ ।

लगातारको हिमपातले गत विहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चार विहिन भएको छ । सञ्चार अभाव कै कारण समय मै अस्पताल पुर्याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । जिल्ला सञ्चार विच्छेद भएको एक हप्ता हुँदा समेत कोही कतै निकायबाट सञ्चारको विकल्प बारे पहल नहुँदा उनीहरु आक्रोशित भएका हुन् ।

सुत्केरीलाई सुविधा सम्पन्न अस्पतालमा समय मै पुर्याउन प्रमुख जिल्ला अधिकारीको सिफारिसमा हेलिकप्टरको व्यवस्था सरकारले गरेपनि यो घटनाको बारे आफुलाई कहि कतैबाट सूचना नआएको र जिल्लामा सञ्चार नहुँदा सम्पर्क हुन नसकी महिलाको मुत्यु भएको खबर पाउँदा आफु स्तब्ध भएको र सञ्चार अभावमा महिलाको उद्धार गर्न नपाएकोमा आफुलाई दुख्ख लागेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
37 Shares
Tweet
Pin
Share