schedule मङ्लबार, माघ ७, २०७६

शिकागोमा ‘बन्दी सपना’

१५ पुष २०७६, मंगलवार १९:२६

Sharing is caring!

नेपाल मुक्तक प्रतिष्ठानकी आजीवन सदस्य विष्णा विरहीको मुक्तक कृति ‘बन्दी सपना’ हालै अमेरिकको शिकागो शहरमा विमोचन गरिएकाे छ ।

अनेसास सिकागो च्याप्टरको साधारण सभाको अवसरमा आन्माका कोषाध्यक्ष समाजसेवी ओम दाहाल, नेपाली अमेरिकन सेन्टरका अध्यक्ष बिष्णु फुयाल, शिकागोल्याण्ड नेपाली फ्रेन्डसिप सोसाइटीका अध्यक्ष टेकराज पौडेल स्थानीय समाजसेवी खेम पाठक र कृतिकार स्वयमद्वारा संयुक्त रूपमा सो कृतिको विमोचन गरिएको हाे।

विमोचित कृतिमाथि समीक्षा गर्दै वक्ताहरूले कृतिकारलाई शुभ कामना र बधाई दिनुभएकाे थियाे । नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित सो कृतिमा बिभिन्न विषय र भावका २२८ वटा मुक्तक समावेश छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares