schedule मङ्लबार, माघ ७, २०७६

फुटबल–जाउलाखेलद्वारा च्यासल पराजित

१५ पुष २०७६, मंगलवार १५:१९

Sharing is caring!

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले चार खेलमा ८ अङ्क जोडेको छ । जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक–एक गोल गरे ।

दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । त्यसअघि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८०औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसको दुई मिनेटपछि विजय घलानले एक गोल गर्दै जावलाखेललाई २–० को जीत दिलाए । पराजित च्यासलले चार खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares