मङ्लबार, साउन २७, २०७७

टुँडिखेलको संरक्षण मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ – थापा

३० मंसिर २०७६, सोमबार १९:५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनुपर्ने बताउनुभएको छ ।

अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उहाँले सो विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नुपर्ने सुझाव दिनुभयो । “टुँडिखेललाई हरियो चौरका रुपमा मात्र नभई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ, रङ्गशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ शहरको स्वच्छता कायम राख्न, आपत्कालीन समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रम गर्न टुँडिखेल उपयोगी हुने बताउँदै उहाँले टुँडिखेल संरक्षणका निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेललगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share