मङ्लबार, साउन २७, २०७७

आर्थिक क्रान्तिनै अबको मुख्य एजेण्डा: कांग्रेस नेता सिंह

२० मंसिर २०७६, शुक्रबार १७:३०
321 Shares

विराटनगर । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले जनताले समृद्धि खोजेको भन्दै आर्थिक क्रान्तिनै अबको मुख्य एजेण्डा भएको बताउनु भएकाे छ । गणेशमान सिंह फाउण्डेसन विराटनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले सबै राजनीतिक दल अब समृद्धिको अभियानमा लाग्नुपर्नेमा जोड दिनु भयाे ।

पटक पटकको आन्दोलनबाट प्राप्त परिवर्तन सहि अर्थमा संस्थागत नभएको भन्ने गुनासो जनताले गरिरहेको भन्दै उहाँले भन्नुभयाे, “परिवर्तन सही अर्थमा संस्थागत भएन भन्ने जनताको गुनासो छ । दलहरुले जसरी राजनीतिक परिवर्तन मिलेर गरे अब आर्थिक परिवर्तन ल्याउन पनि त्यसैगरि लाग्नुपर्छ । ”

०४६ सालको जनआन्दोनपछि गणेशमान सिंहले राजनीतिक आन्दोलनबाट प्राप्त परिवर्तन टिकाइराख्न आर्थिक क्रान्तिमा जोड दिनुपर्छ भन्ने भनाई अहिले थप सान्दर्भिक भएको बताउनु भयाे । सबै दल मिलेर ल्याएको परिवर्तन संस्थागत गर्न आर्थिक क्रान्तिको आवश्यक्ता रहेको उहाँको भनाई थियो । “ आर्थिक क्रान्ति जुन पार्टीलृे गर्न सक्छ जनताले त्यही पार्टीलाई साथ दिन्छन् । आर्थिक क्रान्तिबाट देशलाई सम्पन्नताको बाटोमा लैजान समृद्धिको अभियानमा सबै दल लाग्नुपर्छ ,” उहाँले भन्नुभयाे ।

त्यस्तै उहाँले आज पार्टी प्रवेश गरेर भोली नै अवसर खोज्ने चलन बढेको भन्दै चिन्ता पनि व्यक्त गरे । राजनीति सेवाका लागि लाग्नुपर्छ भन्ने कुरा गणेशमान सिंहबाट आजको पुस्ताले सिक्दा रामे हुने उहाँकाे सुझाव थियो ।

फाउण्डेसनको कार्यक्रममा सहभागि हुन विराटनगर पुग्नुभएका कांग्रेस नेता सिंहले कार्यक्रम अघि आधारभूत विद्यालय विराटनगरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गर्नुभएकाे थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
321 Shares
Tweet
Pin
Share