गायक मनिषको गीत आउन अँगालोमा
१९ मंसिर २०७६, बिहीबार १६:४०काठमाडौं । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत आउन अँगालोमा सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिनुभएकाे छ ।
आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधरण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिनु भयाे ।
प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गर्नु भएकाे छ । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गर्नु भएकाे छ ।
भिडियाे