• schedule आइतवार, मंसिर २९, २०७६

    अभावमा गुज्रिदै दृष्टिविहिन विद्यार्थी

    १८ मंसिर २०७६, बुधबार १७:२५

    Sharing is caring!

    सुर्खेत । दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री र छुटै कक्षा कोठाको व्यवस्था नहुँदा अध्ययन गर्न समस्या भएको छ । कर्णाली प्रदेशमा अध्ययनरत दृष्टिविहिनलाई अन्य विद्यार्थी सरह एउटै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको छ ।

    दैलेख भगवतीमाई गाउँपालिका कट्टीबाट माध्यामिक शिक्षा हासिल गर्न सुर्खेतस्थित शिखर माध्यमिक विद्यालय रामघाटमा आउनुभएका दृष्टिविहिन विष्णुप्रसाद दाहाल अन्य विद्यार्थीसंगै एउटै कक्षा कोठामा अध्ययन गर्न असहज भएको दुखेसो गर्नुहुन्छ । ‘कक्षा कोठामा सर आएको थाहै हुदैन, सर बोल्नुभयो भने मात्रै थाहा हुन्छ, उहाँले भन्नुभयो कालोपाटीमा के लेख्नु हुन्छ केही थाहा हुदैन, की भन्दै लेख्दै गरेपछि थाहा हुन्छ नत्र थाहा हुदैन।’ कालोपाटीमा लेखेको आफैसंग बसेका अन्य विद्यार्थीहरुले सार्ने गरेपनि शिक्षकले नबताउँदासम्म सार्न नसकिने दाहालले बताउनु भयो ।

    यस्तै समस्या भोग्दै आईरहनुभएका दृष्टिविहिन विद्यार्थी लालबहादुर बोगटी पनि सामान्य विद्यार्थी संगसंगै अध्ययन गर्न असहज हुने गरेको बताउँनुहुन्छ । उहाँले दृष्टिविहिन विद्यार्थीहरुका लागि शैक्षिक सामग्री र छुटै कोठाको व्यवस्था गरिदिएको भए सहज हुने बताउनुभयो ।

    कर्णाली प्रदेशका दश जिल्लामा साधारण विद्यालयमा अध्ययन गर्ने सवै दृष्टिविहिन विद्यार्थीहरुको समस्या यस्तै रहेको छ । प्रदेशमा अध्ययन गर्ने दृष्टिविहिन विद्यार्थीहरुले दैनिक विद्यालयमा पढाइ नबुझिने, अपहेलना भएको महसुस गर्ने गरेका छन् ।

    विद्यार्थीलाई अध्ययन गर्न मात्र नभई दृष्टिविहिन शिक्षकले अध्यापन गराउन समेत समस्या भोग्नु परेको दृष्टिविहिन शिक्षक चन्द्रमणी पोखरेलले बताउँनुहुन्छ । उहाँका अनुसार दृष्टिविहिन विद्यार्थीलाई ब्रेल लिपिबाट पढाउनु पर्छभने साधारण विद्यार्थीलाई कालोपाटीमा लेखाउनु पर्ने भएकाले असहज हुने गरेको छ ।

    शिखर माध्यमिक विद्यालय रामघाटका सहायक प्रधानाध्यापक. दलबहादुर शाहीले विद्यालयमा दृष्टिविहिनहरुलाई सहजताका लागि छडी, शौचालय र छात्रबासकोे व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सामान्य विद्यार्थीहरुले दृष्टिविहिन विद्यार्थीहरुसंग घुलमिल हुने, समस्याहरु बुझ्ने र सहयोगी भावना राख्न सकुन भन्नकै लागि संगसंगै राखेर अध्ययन गराईएको हो ।’

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares