• schedule आइतवार, मंसिर २९, २०७६

    ‘एकताबद्ध प्रयासबाट विकृतिको अन्त्य गर्न सकिने’

    १८ मंसिर २०७६, बुधबार १५:५९

    Sharing is caring!

    कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सबैको एकताबद्ध प्रयासबाट नै समाजमा रहेका विकृति तथा विसङ्गतिको अन्त्य गर्न सकिने बताउनुभएको छ ।

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सङ्घ संस्थाद्वारा आज धनगढीमा आयोजित यौन हिंसा तथा बलात्कार प्रभावित महिलाको सामाजिक सुरक्षा तथा न्यायमा पहुँच विषयक एक दिने प्रदेशस्तरीय कार्यशालामा उहाँले समाजमा रहेका व्याप्त समस्यालाई उन्मूलन पार्न सबै मिलेर समस्याको सामना गर्नुपर्ने बताउनुभयो ।

    मन्त्री शाहले कुनै दाता, दानीहरु आएर हाम्रो समाज परिवर्तन नगरिदिने उल्लेख गर्दै आफ्नो समाज स्वयं आफैँले परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुराना सोच, शैली, मान्यता, आनीबानीले समाजमा समस्या निर्माण गरिरहेकाले त्यस्ता रुढिवादी परम्परा त्याग्नु आवश्यक रहेको मन्त्री शाहले उल्लेख गर्नुभयो ।

    उहाँले पीडितलाई सम्मानका साथ बाँच्न पाउने, पारिवारिक, सामाजिक, सांस्कृतिक जीवनमा पुनःस्थापना गर्ने कुराको अहिले चुनौती रहेकाले त्यस्ता काममा स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारलगायत विभिन्न सङ्घसंस्था मिलेर अगाडि बढ्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares