शुक्रबार, असार १९, २०७७

कर्णाली सरकारलाई ध्यानाकर्षण पत्र

१८ मंसिर २०७६, बुधबार ११:४१

सुर्खेत । बालअधिकारका लागि कर्णाली प्रदेशस्तरीय नागरिक समाज सञ्जालले कर्णाली प्रदेश सरकारलाई २३ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

“समृद्ध बालबालिका विकासका पूर्वाधार – सुनिश्चित गरौं बाल बचाउ, संरक्षण विकास र सहभागिताका आधार” भन्ने मूल मर्म सुनिश्चिता गर्नका लागि सरकार र साझेदार निकायहरुको कार्यपद्धतिमा एकरुपता ल्याउने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाइएको हो ।  ध्यानाकर्षण पत्रमा विभिन्न आधारमा हुने विभेद (जातिगत, लैङ्गिक, सबै प्रकारका अपाङ्गता, धार्मिक, भौगोलिक वर्गीय), बालविवाह तथा कम उमेरमा हुने विवाह, छाउपडी जस्ता बालअधिकारको क्षेत्रमा रहेका सवालहरुलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

यस्तै कर्णाली प्रदेश सरकारले बालअधिकार संरक्षण र प्रबद्र्धनका लागि आवश्यक निति, कानून ऐन, नियमावली निर्माण गर्ने, प्रदेशस्तरमा बालबालिकाको क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी, नागरिक समाज, निजी क्षेत्रलगाएतका सहभागितामा संयन्त्र निर्माण तथा परिचालन गर्ने, बालमैत्री र अपाङ्गगमैत्री भौतिक संरचना निर्माणका लागि मापदण्ड तयार गरी प्रभावकारी कार्यान्वयन गर्ने लगाएतका २३ वटा बुदाहरुलाई कार्यान्वयन गर्नका लागि नागरिक समाज सञ्जालले ध्यानाकर्षण जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै समाजिक विकास मन्त्री दल रावलले महिला, बालबालिकाका हकहितका लागि प्रदेश सरकार नितिगत रुपले अघि बढेको बताउनुभएको छ । उहाँले महिला, बालबालिका, पछाडि परेको समुदायका क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकारलाई नागरिक समाज सञ्जालको सहयोग र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

‘प्रदेश सरकारले महिला, बालअधिकारका लागि निति बनाउँदा, कानुन बनाउँदा बालबालिकाका क्षेत्रमा थुप्रै वर्ष काम गर्नुभएका सञ्जालका अगुवाईहरुको साथ र सहयोग चाहिन्छ । उहाँले भन्नुभयो विशेषगरी महिला र बालबालिकाहरुलाई नै ध्यानमा राखेर प्रदेशका १० वटा जिल्लाहरुमा सामाजिक विकास कार्यालयहरु राखेका छौँ ।’ प्रदेश सरकारका कामहरुलाई प्रभावकारी बनाउने र विशेषगरी महिला, बालबालिका र सामाजिक सुरक्षाका कुराहरुलाई बढी प्रवावकारी ढङ्गले परिचालन गर्ने तरिकाले सामाजिक कार्यालयहरु राखेको मन्त्री रावलले जनाउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share