मङ्लबार, जेष्ठ २०, २०७७

नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

१७ मंसिर २०७६, मंगलवार ११:२३

अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो ।

नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ ।

त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको डडेल्धुरा नेकपा अध्यक्ष मानसिंह मालले जानकारी दिनुभयो । पार्टीले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमिसमेत समेटेकामा आपत्ति जनाउँदै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।

उक्त भूभाग शदियौँदेखि नेपालको रहेको बताउँ्रदै भारतले आफ्नो राजनीतिक नक्शाबाट सो भूभाग हटाउनुपर्ने अध्यक्ष मालले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share