schedule शुक्रबार, माघ १०, २०७६

चुनावलाई प्रभावित पारिनु हुन्न : वरिष्ठ नेता पौडेल

११ मंसिर २०७६, बुधबार १५:४५

Sharing is caring!

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभयो । कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राख्नुभयो ।

कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उहाँले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares