• schedule शुक्रबार, मंसिर २०, २०७६

    स्व. शर्माप्रति श्रद्धाञ्जली अर्पण

    ८ मंसिर २०७६, आईतवार १७:०३

    Sharing is caring!

    सुर्खेत । गत कात्तिक २८ गते निधन हुनुभएका पत्रकार एवं संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव डिलप्रकाश शर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । वीरेन्द्रनगरमा आईतबार पत्रकार महासंघ सुर्खेत शाखाले एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

    सुर्खेतका पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रममा सबै पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा, पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला अध्यक्ष गणेशकञ्चन भारती लगायतले श्रद्धाञ्जली अर्पण गर्दै मन्तव्य राख्नु भएको थियो ।

    विगत ७ महिनाअघिदेखि पत्रकार शर्मा बोनम्यारो रोगसँग लड्दै आईरहनुभएको थियो । बहिनी नानकला शर्माको बोनम्यारो प्रत्यारोपण गर्ने क्रममा कातिक २८ गते विहीबार काठमाडौंको सिभिल अस्पतालमा उहाँको निधन भएको हो ।

    करिब ५ वर्षदेखि सुर्खेतमा सक्रिय पत्रकारिता गर्दै आईरहनु भएका शर्मा स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध हुनुहुन्थ्यो । पत्रकार शर्माका आमा, बहिनी र हजुरआमा हुनुहुन्छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares