शुक्रबार, असार १९, २०७७

हाडजोर्नि तथा मांशपेसीको समस्याबाट बच्न: चिसोबाट बचौ !!!

७ मंसिर २०७६, शनिबार १९:२३
396 Shares

जाडो मौसममा चिसो बढे संगै वृद्ध बुवा आमा, गृहणी महिला, लामो समय कुर्चिमा वसी काम गर्ने मानिस, खेलाडिहरु लगायत विगतमा अपरेशन गरेको मानिसहरुमा विभिन्न प्रकारको हाडजोर्नि तथा मांशपेसी सम्बन्धि समस्या देखापर्ने गर्दछ । जस्तै ढाड कम्मर दुख्ने, हात गोडा सुनिने झमझमाउने वा दुख्ने, शरिरमा गाठागुठि पर्ने गर्दछ । यस्तो अवस्थामा सधैदुखाई कम गर्ने औषधि सेवन गर्नु भन्दा साधारण घरायसी उपाए अपनाई यस्ता समस्याहरु कम गर्न वा छुटकारा पाउन सकिन्छ । यस्तो अवस्थामा चिसोबाट बच्ने, नियमीत व्यायम गर्ने, एउटै पोजिसनमा धेरै वेर नरहने, तेलले मसाज गर्ने, तातो पानीले सेकाई गर्ने गर्नु पर्दछ । यसका लागि विगतको जस्तो दुःख तथा झन्झट छैन, हिजो आज बजारमा विभिन्न प्रकारका उपकरण तथा सामाग्रीहरु उपलब्ध छन । जसको प्रयोगले चिसोबाट बच्न सकिन्छ जस्तैः पानी खेलाउदा रवरको पन्जाको प्रयोग गर्ने, सेक्नका लागि हट वाटर व्यागहरुको प्रयोग गर्ने, मसाज तेल तथा लोसनको प्रयोग गर्ने गर्न सकिन्छ । यद्यपी कुनै पनि सामाग्री प्रयोग गर्दा त्यसको गुणस्तर र उपयोगी प्रयोग विधि वारे सम्बन्धित विशेषज्ञसंग जानकारी लिनु पर्दछ । त्यसै गरि व्याम गर्दा व्याम विशेषज्ञको सल्लाह तथा निगरानीमा गर्दा लाभदायक हुने गर्दछ ।

princy sigdel

डा. प्रिन्सी सिग्देल
(फिजियोथेरापिष्ट)
सुलभ सिटि पोलिक्लिनिक
वी.न.पा ९, मंगलगढिचोक, लाटिकोईली रोड, सुर्खेत

उहा साईनिङ्ग अस्पताल आई.एन.एफ सुर्खेतमा फिजियोथेरापिष्टको रुपमा कार्यरत हुनुहुन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
396 Shares
Tweet
Pin
Share