बिहिबार, असार २५, २०७७

समाजको अभिभारा पूरा गर्न प्रविधि आवश्यक – मन्त्री भण्डारी

१ मंसिर २०७६, आईतवार १५:२०

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समाज रुपान्तरणको अभिारा पूरा गर्न प्रविधिको उच्च प्रयोग गर्नुपर्ने बताउनु भएकाे छ ।

इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा सुरु भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम बिषयक कार्यशालालाई उदघाटन गर्दै मन्त्री भण्डारीले राजनीतिज्ञले जहिले पनि प्रविधि र सूचनाको प्रयोग गर्नुपर्ने बताउनु भएकाे हाे  ।

‘अहिलेको युग सूचना र प्रविधिको युग हो । यसको अधिकतम प्रयोग गर्न सके समाजलाई सजिलै रुपान्तरण गर्न सकिन्छ ।’ मन्त्री भण्डारीले भन्नुभयाे, ‘त्यसकालागि प्रविधिमैत्री बन्न जरुरी छ ।’  उहाँले विश्वलाई सूचना तथा प्रविधिले एक गाउामा रुपान्तरण गरेको बताउँदै समाजलाई ड्राइभ गर्ने जनप्रतिनिधिहरुले सूचना र प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताउनु भयाे  ।

युएनडिपीको संसद सहयोग परियोजनाले आयोजना गरेको दुइ दिने कार्यशालामा कर्णाली प्रदेश सभाका १६ जना सदस्यहरुको सहभागिता रहेको छ । सञ्चार विज्ञ लक्ष्मण दत्त पन्त तथा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले प्रशिक्षण दिइरहनु भएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
7 Shares
Tweet
Pin
Share