• schedule शुक्रबार, मंसिर २०, २०७६

    नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग

    २६ कार्तिक २०७६, मंगलवार ०८:३२

    Sharing is caring!

    काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ । नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी कांग्रेसलाई आग्रह गरेका हुन् ।

    नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन चाँडो गर्नुपर्ने बताउनुभयो । “पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ”, उहाँले भन्नुभयो । नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताउनुभयो । विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेविसङ्घका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares