schedule शनिबार, चैत्र १५, २०७६

कास्की–२ मा नेकपाबाट भट्टराई

१७ कार्तिक २०७६, आईतवार १९:२२

Sharing is caring!

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेकोे नेकपा सचिवालय बैठकले भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares