• schedule शुक्रबार, मंसिर २७, २०७६

    भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा

    १६ कार्तिक २०७६, शनिबार १५:१४

    Sharing is caring!

    नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।
    भ्रमणका क्रममा उहाँले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसिइपी) को सम्मेलनमा सहभागीता जनाउनु हुने भएको छ ।

    सम्मेलनमा सहभागी हुने बाहेक उहाँले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नुहुने छ ।
    भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उहाँले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

    बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ । त्यसपछि उहाँ थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुनुहुने छ ।
    आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्नुहुने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares