• schedule सोमवार, कार्तिक ४, २०७६

    पूर्व सैनिक शाहीलाई सम्मान

    ५ श्रावण २०७६, आईतवार १८:२५

    Sharing is caring!

    सुर्खेत । ज्वाला दल गण जाजरकोटले पूर्व सैनिक माथवर शाहीलाई सम्मान गरेको छ । शाहीलाई लोकतन्त्र प्राप्तीमा अहम भूमिका निर्वाह गरेको भन्दै नगद पाँच हजार र कोट सहित एक जोर कपडा दिएर सम्मान गरेको हो । ज्वाला दल गण जाजरकोटका प्रमुख सेनानी सैलेन्द्र कोइरालाले उक्त सम्मान गर्नु भएकाे हाे ।

    विगतमा शाहीले खाइ नखाई गरेर देशको शान्ती सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । सैनिक शाही २००७ सालमा भर्ती भइ कर्णाली प्रदेशको विभिन्न जिल्लामा सेवारत भइ शान्ति सुरक्षा कायम गर्न लागि पर्नु भएकाे थियाे ।

    उहाँ दैलेखको नारायण नगरपालिका स्थित पुतली घरमा ९ वर्ष, दैलेखकै गढीमा ९ वर्ष कार्यरत हुनुहुन्थ्याे । सुर्खेतको गोठीकाँडामा ३ वर्ष कार्यरत भइ सेवा गर्नुभयाे भाे भने बाँकी सेवा अवधि हालको मंगलगढी चोकमा रहेको आर्मी क्याम्पमा कार्यरत भई २०२८ सालमा अवकास प्राप्त गर्नु भएकाे थियाे ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares