schedule मङ्लबार, फाल्गुन ६, २०७६

लुम खोलामा काठेपुल

३ श्रावण २०७६, शुक्रबार १८:०८

Sharing is caring!

मुगु । लुम खोलामा काठेपुल निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ लुम खोलामा काठे पुल निर्माण गरिएको हो । ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त पुल निर्माण गरिएको थियो ।

१३ मिटर लम्बाई र ६ मिटर चौडाई रहेकोे उक्त काठे पुल निर्माणका लागि रु. ४ लाख ५० हजार रुपैयाँ खर्च भएको ग्रामीण पहँच कार्यक्रका फिल्ड व्यवस्थापक शुनिल तण्डुकारले जानकारी दिनु भयो ।

लुम खोलामा काठे पुल नहुँदा लुम, बाम, लगायत हुम्ला समेतका वासिन्दाले मुगु आउँदा खोला तर्ने समस्या झेल्दै आएका थिए । उक्त स्थानमा काठे पुल बनेपछि सदरमुकाम गमगढी आउन जान सहज भएको छायाँनाथ रारा नगरपालिका स्थानीय धनबहादुर खड्काले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares