• schedule सोमवार, कार्तिक ४, २०७६

    ताल्चा विमानस्थलमा कन्ट्रोल टावर र टर्मिनल भवन बन्ने

    १ श्रावण २०७६, बुधबार २१:३३

    Sharing is caring!

    मुगु । मुगुको रारा विमानास्थल सञ्चालनमा आएको करिव सोह्र वर्ष पछि कन्ट्रोल टावरका साथै टर्मिनल भवन बन्ने भएको छ ।

    नेपाल नागरिक उडड्यन प्राधिकरणले ताल्चामा टर्मिनल भवनका साथै कन्ट्रोल टावर बनाउनका लागि २०७६ असार ६ गते रु १० करोडको टेण्डर आह्वान गरेपछि टर्मिनल भवन लगायत कन्ट्रोल टावर बन्न लागेको नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देक एवं सूचना अधिकारी श्रीलोचन पौड्यालले जानकारी दिनु भयो ।

    रारा विमानास्थल ताल्चामा टर्मिनल भवन र कन्ट्रोल टावर हाल काठको टहरामा सञ्चालन हुँदै आएको छ ।
    काठको टहराबाट हाल सञ्चालन हुदै आएको कन्ट्रोल टावररमा बसेर काम गर्दा बिमानास्थलको पुरै भाग नदेखिने भएकाले आफूलाई दैनिक कामकाज गर्न समेत गाह्रो हुने गरेको रारा बिमानास्थल ताल्चका निमित्त प्रमुख किरण दाहालले बताउनु भयो ।

    विमानास्थलको छेकवार नहँदा उडानका समयमा कुकुर लगायतका पशु चौपाय विमानास्थलमा पस्ने खतरा छ ।
    विमानास्थल नजिकै बसोबास गर्ने स्थानीय जनताले जथाभावी विमानास्थललाई बाटोको रुपमा प्रयोग गर्दा उडान हुँदाका दिन सुरक्षाकर्मीलाई सुरक्षा दिन समेत गाह्रो हुने गरेको छ ।

    चारैतिर घेरवार नभई खुल्ला धावन मार्ग भएकाले सुरक्षाको हिसाबले निकै चुनौति मानिएको यस विमानास्थलमा छेकवार तथा टर्मिनल भवन र कन्ट्रोल टावर बन्ने भएपछि व्यवस्थित विमानास्थलमा बनि सुरक्षामा सहजता आउने नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी पौड्यालले बताउनु भयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares