• schedule सोमवार, कार्तिक ४, २०७६

    प्राविधिक कर्मचारी नहुँदा सेवा प्रभावित

    १ श्रावण २०७६, बुधबार १३:१६

    Sharing is caring!

    सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतमा प्राविधिक कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ । सवारी साधन चेकजाँच गर्ने मेकानिकल सुभरभाइजर नहुँदा उक्त कार्यालयमा सेवा प्रभावित भएको हो । मेकानिकल सुपर भाइजर उपेन्द्र यादव सरुवा भएर गएपछि सवारी साधन चेकजाँचको सम्पूर्ण काम ठप्प भएको छ ।

    सरकारले गरेको समायोजनका क्रममा प्राविधिक कर्मचारीले कर्णाली प्रदेश नरोज्दा मेकानिकल सुभर भाइजर पद खाली रहेको कार्यालय प्रमुख सुनिल लिम्बुले जानकारी दिनुभयो । समायोजन हुनु अघि कार्यालयमा उपेन्द्र यादव कार्यरत हुनुहुन्थ्यो । यादव हाल प्रदेश नम्बर २ मा सरुवा भएर गएपछि एक हप्तादेखि काम रोकिएको हो । ‘सवारी साधन चेकजाँचका लागि प्राविधिक कर्मचारी नै आवश्यक पर्छ । यहाँ कार्यालयमा एक जनाको दरबन्दी मात्र छ । एक जना पनि सरुवा भएर गएपछि काम गर्न समस्या छ’ उहाँले भन्नुभयो, ‘कर्णालीमा प्राविधिक कर्मचारीले नरोज्दा झनै समस्या भएको छ । कार्यालय प्रदेश मातहत भएकाले बाहिरबाट काजमा कर्मचारी ल्याउन पनि समस्या भएको छ । ’

    प्राविधिक कर्मचारी नुहँदा सेवाग्राही समस्या परेका छन् । दैनिक २५ देखि ३० सवारी साधनको चेकजाँच हुने गरेपनि हाल काम हुन सकेको छैन । कार्यालय प्रमुख लिम्बुले यसका बारेमा प्रदेश सरकारलाई जानकारी गराएको र मेकानिकल सुभरभाइजरको ठाउँमा मेकानिक्स पठाएर भएपनि सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको जानकारी दिनुभयो । ‘खासमा हामीलाई आवश्यक मेकानिकल सुपरभाइजर हो । तर लोक सेवाको प्रक्रियामा जाँदा धेरै समय लाग्छ । त्यसैले मन्त्रालयबाट एक जना मेकानिक्स कर्मचारी भएपनि पठाउने कुरा भएको छ’ उहाँले भन्नुभयो ।

    यस्तै यातायात व्यवस्था कार्यालय स्थापना भएको लामो समय बितिसक्दासम्म पनि चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने कार्य भने अझैसम्म सुरु हुन सकेको छैन । कार्यालयले लाइसेन्स वितरण गर्ने अधिकार पाएपनि कर्मचारी अभावका कारण अझै उक्त सेवा दिन नसकेको जनाएको छ ।

    गत माघबाटै लाइसेन्स वितरण गर्ने भनिएको थियो । तर पाँच महिना बितिसकेको छ । आवश्यक कर्मचारी नहुँदा नयाँ लाइसेन्स वितरण गर्न नसकिएको कार्यालय प्रमुख लिम्बुले जानकारी दिनुभयो । नयाँ लाइसेन्स वितरण नभएपनि पुराना लाइसेन्सको नविकरणको सेवा भने कार्यालयले दिइरहेको छ । लाइसेन्स नविकरण, सवारी साधन गर्दा, सवारी साधन चेकजाँच, रुटप्रमिटको काम गर्दै आएको छ । जनशक्तिको अभावमा काम गर्न समस्या भइरहेको कार्यालयले जनाएको छ ।

    कार्यालयमा २८ जनाको कर्मचारी दरबन्दी आवश्यक रहेपनि त्यसको पदपूर्ति नहुँदा सेवा सुरु गर्न नसकिएको उहाँको भनाई छ । साविकको दरबन्दी भने ८ जनाको मात्र छ । हाल कार्यालयमा करारसहित ११ जना मात्र कर्मचारी रहेका छन् । ‘कर्मचारी अभावले गर्दा लाइसेन्स वितरण गर्न सकेका छैनौँ’ उहाँले भन्नुभयो, ‘आवश्यक जनशक्ति पुरा भइसकेपछि लाइसेन्स वितरण गर्ने पक्रिया अघि बढ्छ ।’ हाल कर्णाली प्रदेशका नागरिकहरु लाइसेन्स लिनका लागि प्रदेश नम्बर ५ को नेपालगञ्ज जान बाध्य रहेका छन् । यसले गर्दा राजश्व पनि बाहिरिएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares