• schedule बुधबार, मंसिर २५, २०७६

    महामन्त्रीको हैसियतले केन्द्रीय समिति विस्तार गर्छु – महामन्त्री शाही

    ३१ असार २०७६, मंगलवार १७:३१

    Sharing is caring!

    सुर्खेत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले पार्टी तथा तरुण दलका अध्यक्षले केन्द्रीय समिति विस्तार नगर्ने भए महामन्त्रीको हैसियतले आफूले विस्तार गर्ने चेतावनी दिनु भएको छ ।


    मंगलवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले तरुण दलको ३ बर्षे अवधि सकिन अव चार महिना बाँकी रहेको र अहिलेसम्म कार्यसमिति नै विस्तार नगरिएको बताउनु भयो । उहाँले माउ पार्टी नेपाली कांग्रेस र तरण दलका अध्यक्ष जीतजंग बस्नेतलाई चार महिनाका लागि भएपनि ९५ सदस्यीय कार्यसमिति विस्तार गर्न पटक पटक आव्हान गरेपनि सुनुवाई नभएकोले अव महामन्त्रीको हैसियतले आफूले नै कार्यसमिति विस्तार गर्ने चेतावनी दिनु भयो । तरुण दल अहिले ४ जना पदाधिकारीमात्रै छन् । उहाँले अरुसंग लड्नका लागि पहिला आफ्नो संगठन नै व्यवस्थित हुनुपर्ने भन्दै त्यसका लागि संगठन सुदृढिकरण अभियानमा लागेको जानकारी पनि दिनु भयो । तरुण दलले भ्रष्टाचार विरोधी अभियानलाई पनि देशव्यापीरुपमा लैजाने महामन्त्री शाहीले बताउनु भयो ।

    वर्तमान केपी ओली नेतृत्वको दुई तिहाईको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै उहाँले तरुण दलको कार्यसमिति विस्तार भए भ्रष्टाचार विरुद्धका गतिविधिहरु वडादेखि केन्द्रतहसम्म संचालन गरिने जनाउनु भयो । कार्यसमिति विस्तार नगरेर माउ पार्टी कांग्रेसले तरुण दल, नेविसंघलगायतको हातखुट्टा बाँधिदिएको टिप्पणीपनि उहाँले गर्नु भयो ।

    साथै एक घर एक तरुण, सिर्जनशील युवा अभियान तरुण दलले संचालन गर्ने कार्ययोजना रहेको जानकारीपनि उहाँले दिनु भयो । यसका साथै उहाँले विद्यार्थी र तरुण दलको राजनीतिपछि अव प्रदेशको पार्टी राजनीतिमा आउने संकेत गर्नु भएको छ । पार्टीले जिम्मेवारी दिएमा उहाँले कांग्रेसको कर्णाली प्रदेशको राजनीतिमा सहभागी हुने बताउनु भयो । साथै यदि प्रदेशको राजनीतिको जिम्मा पाएमा पहिलो पार्टी बनाउने दावीपनि उहाँले गर्नु भएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares